Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

संस्थामा गई प्रसूति जाँच गर्नेको सङ्ख्या घट्दो



२९ असोज, बैतडी  । सुदूरपश्चिममा अघिल्लो आवको तुलनामा गत आवमा संस्थामा गई प्रसूति जाँच गर्नेको सङ्ख्या घटेको छ ।

आव २०७१/७२ मा सुदूरपश्चिममा त्यस्ता सुत्केरी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेकामा गत आव २०७२/७३ मा ६३ प्रतिशत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिपायल डोटीले जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको लक्ष्य बढी भएको र गर्भवतीको सङ्ख्या कम भएकाले पनि क्लिनिक, अस्पताल आदिमा जँचाउने सुत्केरीको सङ्ख्या कम देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत वन्दना भट्टले जानकारी दिनुभयो ।

गत आवमा सबैभन्दा बढी अछाममा ७४ प्रतिशत र सबैभन्दा कम कैलालीमा ४२ प्रतिशत त्यस्ता सुत्केरीको सङ्ख्या थियो । सुदूरपश्चिमका पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा संस्थामा गई जँचाउने सुत्केरीको सङ्ख्या कम रहेको पाइएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत आवमा डोटीमा ७३ प्रतिशत, बझाङमा ७० प्रतिशत, बाजुरामा ६८ प्रतिशत र कञ्चनपुरमा ५२ प्रतिशत त्यस्ता सुत्केरी हुनेको सङ्ख्या थियो । यस्तै डडेल्धुरामा ६८, बैतडीमा ६६ र दार्चुलामा ५८ प्रतिशत संस्थामा जँचाउने सुत्केरीको सङ्ख्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो ।

संस्थामा गई सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्या केही बढी भए पनि सुत्केरीपछि जाँच गराउनेको सङ्ख्या सुदूरपश्चिमभरि न्यून छ । सुत्केरी भएको २४ घन्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने भए पनि त्यस्तो जाँच गराउनेको सङ्ख्या २९ प्रतिशत मात्रै रहेको पाइएको छ ।

सुत्केरी भएपछि न्वारान नहुँदासम्म बाहिर जान नहुने परम्परा नै सुत्केरीपछि जाँच नगराउनेको मुख्य कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्था पनि नजिक नहुँदा सुत्केरीपछिको जाँच गराउनेको सङ्ख्या कमी हुने गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले