back
CTIZAN AD

संस्थामा गई प्रसूति जाँच गर्नेको सङ्ख्या घट्दो

वि.सं.२०७३ असोज २९ शनिवार

1.1K 

shares

२९ असोज, बैतडी  । सुदूरपश्चिममा अघिल्लो आवको तुलनामा गत आवमा संस्थामा गई प्रसूति जाँच गर्नेको सङ्ख्या घटेको छ ।

आव २०७१/७२ मा सुदूरपश्चिममा त्यस्ता सुत्केरी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेकामा गत आव २०७२/७३ मा ६३ प्रतिशत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिपायल डोटीले जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको लक्ष्य बढी भएको र गर्भवतीको सङ्ख्या कम भएकाले पनि क्लिनिक, अस्पताल आदिमा जँचाउने सुत्केरीको सङ्ख्या कम देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत वन्दना भट्टले जानकारी दिनुभयो ।

गत आवमा सबैभन्दा बढी अछाममा ७४ प्रतिशत र सबैभन्दा कम कैलालीमा ४२ प्रतिशत त्यस्ता सुत्केरीको सङ्ख्या थियो । सुदूरपश्चिमका पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा संस्थामा गई जँचाउने सुत्केरीको सङ्ख्या कम रहेको पाइएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत आवमा डोटीमा ७३ प्रतिशत, बझाङमा ७० प्रतिशत, बाजुरामा ६८ प्रतिशत र कञ्चनपुरमा ५२ प्रतिशत त्यस्ता सुत्केरी हुनेको सङ्ख्या थियो । यस्तै डडेल्धुरामा ६८, बैतडीमा ६६ र दार्चुलामा ५८ प्रतिशत संस्थामा जँचाउने सुत्केरीको सङ्ख्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो ।

संस्थामा गई सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्या केही बढी भए पनि सुत्केरीपछि जाँच गराउनेको सङ्ख्या सुदूरपश्चिमभरि न्यून छ । सुत्केरी भएको २४ घन्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने भए पनि त्यस्तो जाँच गराउनेको सङ्ख्या २९ प्रतिशत मात्रै रहेको पाइएको छ ।

सुत्केरी भएपछि न्वारान नहुँदासम्म बाहिर जान नहुने परम्परा नै सुत्केरीपछि जाँच नगराउनेको मुख्य कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्था पनि नजिक नहुँदा सुत्केरीपछिको जाँच गराउनेको सङ्ख्या कमी हुने गरेको छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०४:१० मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...