back
CTIZAN AD

ऐन लागू भएको छ वर्ष बितिसक्दा पनि  छुवाछूत उस्तै

वि.सं.२०७३ असोज २९ शनिवार

987 

shares

२९ असोज, काठमाडौँ  । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भएको करिब छ वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा मुलुकमा व्याप्त जातीय भेदभावको अन्त्य गर्ने उद्देश्यले सो ऐन ल्याइएपछि पनि छुवाछूतकै कारण विभिन्न जिल्लामा दलित युवाले ज्यान गुमाउनु परेको र विस्थापित हुनुपरेको छ ।

ऐन आएपछि अन्तर्जातीय विवाह गरेका कारण, चुलो वा पानी छोएका र मन्दिर प्रवेशका निहुँमा दैलेखका सेते दमाईं, कालीकोटका मनवरे सुनार, सप्तरीका शिवशङ्कर दास र काभ्रेपलाञ्चोकका अजित मिजार लगायत धेरै युवाले ज्यान गुमाउनुपरेको छ ।

छुवाछूतकै कारण नुवाकोट, धादिङ, कास्की, रुपन्देही, ललितपुर, बाग्लुङ, पर्वत, लमजुङ लगायत जिल्लाबाट धेरै दलित परिवार विस्थापित हुनुपरेको जागरण मिडिया सेन्टरले जनाएको छ । यसविरुद्ध दलित समुदायले मात्र भन्दा पनि ऐनको प्रभावकारी कार्यान्वयनका लागि राज्यले नै पहल गर्नुपर्ने दलित अगुवाको भनाइ छ । दलित आन्दोलनका अगुवा पदम सुन्दासले ऐनमा दण्डसजायको व्यवस्था अत्यन्त कमजोर भएका कारण पनि छुवाछूतका घटना दिन प्रतिदिन बढ्दै गएको टिप्पणी गर्नुहुन्छ ।

सांसद कमला विश्वकर्मा छुवाछूत सदाका लागि अन्त्य गर्न भएका ऐन÷कानुन कार्यान्वयनसँगै चेतना जगाउनुुपर्नेमा जोड दिनुहुन्छ । छुवाछूत घटनाका मुद्दालाई प्रहरी प्रशासनले दर्ता गर्न आनाकानी गर्ने र दर्ता गरे पनि मिलापत्रमै सीमित हुँदै आएको दलित समुदायले गुनासो गर्दै आएको छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०४:१२ मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...