back
CTIZAN AD

खप्तडी बस्नेत मलेशियाले मनायो दशै

वि.सं.२०७३ असोज २९ शनिवार

1.4K 

shares

photo-maleysiaखप्तडी बस्नेत मलेशियाले ११ अक्टोबर टिकाको दिन पारी बार्षिकोत्सव सगै बिभिन्न कार्यक्रम सहित दसैं मनाएको छ ।
कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष बादसा बस्नेतको रहेको थियो भने प्रमुख अतिथि बिरेन्द्र बस्नेत, महेन बहादुर बस्नेत लगायतका अन्य बस्नेत दाजुभाइ हुनुहुन्थ्यो ।
राम बस्नेतको संचालन रहेको सो कार्यक्रममा कार्यक्रम सुरुवातसँगै टीकाको साइत पारी संस्थाका जेस्ठ दाजु बिरेन्द्र बस्नेतले टिका जमरा लगाइ दिनु भएको थियो ।
यसैगरी टीका कार्यक्रमपछि लन्च सामुहिक रुपमा दसैंका परिकारसँग रम्दै भाग्यसाली कार्यक्रम पनि राखिएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कौसल बस्नेतले बार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो भने सम्पुर्ण अतिथिहरुबाट सस्था प्रती सधै सकारात्मक रहने बताउनु भएको थियो ।
संस्थाका संयोजक रमेस बस्नेतले सस्थाको गतिविधि कमि कमजोरी औल्याउँदै आगामि दिनमा सुधार्दै लैजाने प्रतिबद्धता जनाउदै दशै बिशेष लोक गित गुन गाएर वातावरणलाई रमाइलो बनाउनु भएको थियो। संयोजक बस्नेतले संस्थामा बंशावली बुक पहिलो सस्करण २०५३ उपलब्ध गराउन सहयोग गर्ने बिन्देशोरी बस्नेत प्रति संस्थाका तर्फबाट हार्दिक धन्यवाद प्रदान गर्नु भएको थियो ।
कार्यक्रमका सभापति बादसा बस्नेतले आगामी योजना र सस्था प्रति सकारात्मक हुँदै सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई एक हुन अनुरोध समेत गर्दै आगामी दिनमा आइपर्ने समस्यालाई सहजै हल गर्ने योजना र भाबी पिडिलाई देशमै आत्मनिर्भर हुन सकिने माध्यम अपनाउन संस्था लागि पर्ने जानकारी सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो । अन्त्यमा रमाइलो नृत्य कार्यक्रमका साथै सबैलाई सकुशल कार्य स्थान फर्कने वातावरण मिलाइएको थियो ।

photo-maleysia2

वि.सं.२०७३ असोज २९ शनिवार ०४:५७ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...