खप्तडी बस्नेत मलेशियाले ११ अक्टोबर टिकाको दिन पारी बार्षिकोत्सव सगै बिभिन्न कार्यक्रम सहित दसैं मनाएको छ ।
कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष बादसा बस्नेतको रहेको थियो भने प्रमुख अतिथि बिरेन्द्र बस्नेत, महेन बहादुर बस्नेत लगायतका अन्य बस्नेत दाजुभाइ हुनुहुन्थ्यो ।
राम बस्नेतको संचालन रहेको सो कार्यक्रममा कार्यक्रम सुरुवातसँगै टीकाको साइत पारी संस्थाका जेस्ठ दाजु बिरेन्द्र बस्नेतले टिका जमरा लगाइ दिनु भएको थियो ।
यसैगरी टीका कार्यक्रमपछि लन्च सामुहिक रुपमा दसैंका परिकारसँग रम्दै भाग्यसाली कार्यक्रम पनि राखिएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कौसल बस्नेतले बार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो भने सम्पुर्ण अतिथिहरुबाट सस्था प्रती सधै सकारात्मक रहने बताउनु भएको थियो ।
संस्थाका संयोजक रमेस बस्नेतले सस्थाको गतिविधि कमि कमजोरी औल्याउँदै आगामि दिनमा सुधार्दै लैजाने प्रतिबद्धता जनाउदै दशै बिशेष लोक गित गुन गाएर वातावरणलाई रमाइलो बनाउनु भएको थियो। संयोजक बस्नेतले संस्थामा बंशावली बुक पहिलो सस्करण २०५३ उपलब्ध गराउन सहयोग गर्ने बिन्देशोरी बस्नेत प्रति संस्थाका तर्फबाट हार्दिक धन्यवाद प्रदान गर्नु भएको थियो ।
कार्यक्रमका सभापति बादसा बस्नेतले आगामी योजना र सस्था प्रति सकारात्मक हुँदै सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई एक हुन अनुरोध समेत गर्दै आगामी दिनमा आइपर्ने समस्यालाई सहजै हल गर्ने योजना र भाबी पिडिलाई देशमै आत्मनिर्भर हुन सकिने माध्यम अपनाउन संस्था लागि पर्ने जानकारी सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो । अन्त्यमा रमाइलो नृत्य कार्यक्रमका साथै सबैलाई सकुशल कार्य स्थान फर्कने वातावरण मिलाइएको थियो ।
वि.सं.२०७३ असोज २९ शनिवार ०४:५७ मा प्रकाशित