Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

अस्थि धातु सर्वसाधारणको दर्शनका लागि खुला



३० असोज,काठमाडौँ। शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि आज अक्षेश्वर महाविहार पुल्चोकमा खुला गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ । यस वर्ष शनिबार साँझदेखि पूर्णिमा परेको भए पनि अस्थि धातु आज बिहानदेखि प्रदर्शनमा राखिएको छ । बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ । सन् १९९६ मा श्रीलङ्काबाट सो धातु उक्त विहारमा ल्याइएको थियो । त्यसपछि निरन्तर वर्षमा एक पटक आश्विन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ ।
अक्षेश्वर महाविहार संरक्षण समितिका सदस्य प्रचण्ड शाक्यले बिहान ७ बजेदेखि राखिएको सो धातु दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट समेत सर्वसाधारण आउने क्रम बढेको जानकारी दिनुभयो । साँझ ४ बजेसम्म मात्र सो वस्तु खुला गरिने छ ।
अस्थि धातु दर्शनका लागि प्रजिअ ऋषिराम शर्मा, नेपालका लागि म्यान्माका राजदूत लिन योलगायत विशिष्ट व्यक्ति सहभागी हुनुभएको थियो । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा