Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा



 ३० असोज,बाबियाचौर(म्याग्दी) । त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ ।

आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ ।

आव २०७१७२ सम्म ९१.४४ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेकामा २०७२७३ मा निर्माण भएका आयोजनाबाट करिब तीन प्रतिशत विस्तार भएको सबडिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

मुहान सफा र व्यवस्थित भएको र मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिन्छ । जिल्लामा हालसम्म ५७० व् खानेपानी योजना निर्माण भएका छन् ।

बेनी, गलेश्वर, बाबियाचौर र राम्चेका दुई हजार चार सय ९० घरधुरीमा निजी धारा जडान भएको छ । आगामी पाँच वर्षसम्म शतप्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखिएको इन्जिनियर केसीले बताउनुभयो ।

उपभोक्ताको सुविधा र दिगो व्यवस्थापनका लागि एक घर एक धाराको अवधारणा अघि सारिएको हो । मुहानको संरक्षण तथा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी उपभोग गर्नेलाई सुरक्षित मानिन्छ । खुला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गर्नुलाई असुरक्षित मानिन्छ ।

असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ । खानेपानी र सरसफाइमा पहुँच वृद्धि गरी दूषित पानी तथा फोहोरजन्य रोग न्यूनीकरण गर्न जोड दिइएको इन्जिनियर पौडेलले बताउनुभयो । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी