back
CTIZAN AD

त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा

वि.सं.२०७३ असोज ३० आइतवार

1.1K 

shares

 ३० असोज,बाबियाचौर(म्याग्दी) । त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ ।

आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ ।

आव २०७१७२ सम्म ९१.४४ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेकामा २०७२७३ मा निर्माण भएका आयोजनाबाट करिब तीन प्रतिशत विस्तार भएको सबडिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

मुहान सफा र व्यवस्थित भएको र मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिन्छ । जिल्लामा हालसम्म ५७० व् खानेपानी योजना निर्माण भएका छन् ।

बेनी, गलेश्वर, बाबियाचौर र राम्चेका दुई हजार चार सय ९० घरधुरीमा निजी धारा जडान भएको छ । आगामी पाँच वर्षसम्म शतप्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखिएको इन्जिनियर केसीले बताउनुभयो ।

उपभोक्ताको सुविधा र दिगो व्यवस्थापनका लागि एक घर एक धाराको अवधारणा अघि सारिएको हो । मुहानको संरक्षण तथा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी उपभोग गर्नेलाई सुरक्षित मानिन्छ । खुला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गर्नुलाई असुरक्षित मानिन्छ ।

असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ । खानेपानी र सरसफाइमा पहुँच वृद्धि गरी दूषित पानी तथा फोहोरजन्य रोग न्यूनीकरण गर्न जोड दिइएको इन्जिनियर पौडेलले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०७:२९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...