back
CTIZAN AD

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

वि.सं.२०७५ भदौ २ शनिवार

816 

shares

२ भदौ, काठमाडौँ । नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ ।

काठमाडौँमा यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यता, क्वारेन्टाइन नाकाको विस्तार र पशुपक्षी विकासका लागि परियोजना सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेपालमा प्राङ्गारिक कृषिखेती प्रवद्र्धको लागि भारतको तर्फबाट सहयोग गर्न तयार पारिएको विस्तृत खाकामा नेपालका तर्फबाट पेश भएका सुझाव समेटेर भारतीय पक्षबाट अन्तिमरुप प्रदान गरी नेपाली पक्षलाई उपलब्ध गराउने जानकारी गराइएको थियो ।

नेपालबाट भारततर्फ कृषि वस्तु निर्यात गर्न नेपाल भारत सिमामा पर्ने जनकपुरको भिट्टामोड र धनगढीको गौरीफाँटमा क्वारेन्टाइन पोष्ट स्थापना कार्य शुरु भएको भारत पक्षले जानकारी गराइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

उनका अनुसार बैठकमा कृषि क्षेत्रको थप विकासमा द्विपक्षीय सहयोग र समन्वयलाई जोड दिइएको थियो भने नेपाल तथा भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणमा भएका कृषिसँग सम्बन्धित सम्झौता र हस्ताक्षरको विषयमा अवगत गराइएको थियो ।
बैठकको नेतृत्व नेपालबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्की र कृषि एवं किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदमले गरेका थिए ।

वि.सं.२०७५ भदौ २ शनिवार १५:३१ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...