साउदी । साउदी अरबको जिजानमा यही आउदो २३–२४ अगस्तमा मैत्रिपुर्ण खुल्ला भलिवल प्रतियोगिता आयोजना हुँदैछ ।
गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति जिजानले आयोजना हुन लागेको उक्त प्रतियोगिता मुस्लिम धर्मालम्विहरूको महान पर्व इल अलआधाको अवसर पारेर आयोजना गर्न लागिएको हो ।
रोजगारीका सिलसिलमा जिजान र आसपासका रहेका नेपालीहरू बिच आपसस सद्भाव र भाइचारा स्थापित गर्ने उदेश्यका साथ भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको, एनआरएनए जिजान क्षेत्रिय समन्वय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमलाइ व्यवस्थित रूपमा सम्पन्न गर्न पिलम्वर आले, कृष्ण कुमार श्रेष्ठ, रबिन्द्र तामाङ तथा लिला बहादुर बुढाथोकी सम्मिलित एक समिति गठन गरिएको उनले बताए ।
केसिसि कम्पाउन्ड, बेस जिजानमा खेलाइने खेलमा प्रथम, द्वितीय र तृतीय स्थान बिजयी टिमलाइ क्रमशः पन्ध्रसय, एकहजार र छसय साउदी रियाल पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव १५ टिम सहभागि हुने अनुमान गरिएको छ ।
वि.सं.२०७५ भदौ २ शनिवार १४:०२ मा प्रकाशित






























