back
CTIZAN AD

शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

वि.सं.२०७५ भदौ २ शनिवार

714 

shares

२ भदौ, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् ।

कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता शेयर रु ९१ करोड ८७ लाख ३२ हजार बराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोवार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अङ्कले बढेर अन्तिम दिन एक हजार २१०.३२ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अङ्कले बढेर २५५.३८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोवार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ८४ लाख बराबरको शेयर कारोवार भएको थियो ।

यस्तै कारोवार भएको शेयर सङ्ख्याको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ७५ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

वि.सं.२०७५ भदौ २ शनिवार १६:१२ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...