back
CTIZAN AD

पहिरोको कारण स्याउ बोकेका कन्टेनर नाकामै अलपत्र

वि.सं.२०७५ भदौ २ शनिवार

708 

shares

 

२ भदौ, रसुवा  । पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।

कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो भार्खुदेखि स्याफ्रुबेँशीसम्म सडकका विभिन्न भागमा अलपत्र परेकोले स्याउ कुहिने सम्भावना बढ्दै गएको हो ।

पहिरो गएको २४ घण्टा बितिसक्दा पनि राजमार्ग सञ्चालनको तयारी नहुँदा श्रम गरेर जीविकोपार्जन गर्ने डिब्बा चालकलाई ठूलो मर्का परेकाले शीघ्र मर्मतका लागि सरोकार निकायसामु अग्रह गरिएको चालक लामाले बताए ।

केही दिन अगाडि बाढी पहिरोका कारण रसुवागढी नजीक खोलाले कटान गरी सडक क्षति पु¥याएको र अर्कोतर्फ घट्टेखोला पुलसमेत ठाडो खोलाले क्षति पु¥याइ असहज परिस्थितिमा समेत डेढ किलोमिटर क्षेत्रमा मानिसद्वारा बोकाइ पल्टी गरेर ल्याएको स्याउ पुनःपल्टी गर्ने सम्भावनासमेत नभएबाट सडक पहिरो व्यवस्थापन गरिदिन आग्रह गरिदिएको सवारी धनी स्थानीय घ्युर्मी लामाले बताए ।

क्षति भएको स्थानमाथितर्फ पहिरो तल तिर त्रिशूली नदीको चर्को पानीको बहावले असहज अवस्था भए पनि कुनातर्फबाट छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि सामान जुटाउने काम अघि बढिसकेको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिए ।

अलपत्र कन्टेनर डिब्बामा करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ रहेको बताउँदै डिब्बा धनीसमेत रहेका स्थानीय घ्युर्मी लामाले नेपालको एकमात्र उत्तरी नाका रसुवागढी व्यवस्थित पार्न सडक कार्यालयले विपद् व्यवस्थापनको निर्माण सामग्री समयमै मौज्दात राख्ने वातावरणको सिर्जना गरी दिनसमेत आग्रह गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने आफ्नो कार्यक्षेत्रको आधार इलाकामा पर्ने राजमार्ग छिटो छरितो सुचारु गर्न स्थानीय सरकारका तर्फबाट सरोकारवाला निकायलाई तर ताकेता भइरहेको र पहिरो स्थल छोटा दूरीको भएकाले मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रु र नेपाल भित्रने चिनियाँ पर्यटकलाई तत्कालको समयमा मोटर पल्टी गरी ओहरदोहर गराउन सम्बन्धित टे«किङ एजेन्सीलाई सुझाव दिइएको बताए ।

 

वि.सं.२०७५ भदौ २ शनिवार १६:२३ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...