back
CTIZAN AD

बढी भाडा असुल्ने १८४ कारबाहीमा

वि.सं.२०७३ असोज ३० आइतवार

1K 

shares

३० असोज,चितवन । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ ।

तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले जरीवाना तिराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घटस्थापनायता शनिबारसम्म उनीहरुलाई कारबाही गरिएको हो । यो समयमा स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने र चितवन हँुदै अन्य जिल्लातर्फ जाने सवारीसाधनको जाँच गरी बढी भाडा फिर्ता र कारबाही गरिएको कार्यालयका प्रमुख राजन भेटुवालले बताउनुभयो ।

सवारी चालकले दोब्बरसम्म भाडा असुल गरेको उहाँले बताउनुभयो । गोर्खाको भच्चेकबाट काठमाडौँका लागि भाडा ५६० रुपैयाँ तोकिएकामा एक हजार रुपैयाँसम्म लिइएको पाइएपछि प्रतिव्यक्ति ४४० रुपैयाँ फिर्ता गराइएको भेटुवालले बताउनुभयो ।

दसैँको समयमा जाँचलाई निकै कडा गरिएको थियो । यो समयमा नियम उल्लङ्घन गर्ने ५१८ सवारीसाधनलाई कारबाही गरिएको छ । सो क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २८०, रुट परमिट नभएका ३० र मादकपदार्थ सेवन गरेर सवारी चलाउने २४ जनालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुबाट पाँच लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका अनुसार यस वर्ष दसैँका समयमा चितवनमा सामान्य दुर्घटनाबाहेक ठूला दुर्घटना भएनन् । ट्राफिक सचेतनाका कारण ठूला दुर्घटना नभएको कार्यालयका प्रमुख भेटुवालले जानकारी दिनुभयो । अघिल्लो वर्षको दसैँमा नौवटा दुर्घटना भएकामा यस वर्ष ६ वटा सामान्य दुर्घटना मात्रै भए ।

ई–रिक्सा भाडादरको बोर्ड

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज भरतपुर उपमहानगरपालिकाका विभिन्न १२ स्थानमा ई–रिक्साको भाडादर उल्लिखित बोर्ड झुन्ड्याएको छ । कार्यालयका प्रमुख भेटुवालका अनुसार नारायणगढको पोखरा बसपार्क, पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बस ट्रमिनल, मालपोत चोक, विशालचोक, आँपटारी र अस्पतालमा बोर्ड राखिएको हो । बढी भाडा असुल गर्ने समस्या आएपछि भाडादर सार्वजनिक स्थानमा राखिएको हो ।

नगर क्षेत्रमा आठ सय हाराहारी ई–रिक्सा सञ्चालनमा छन् । ई–रिक्साको भाडादर न्यूनतम १० देखि बढीमा ३० रुपैयाँसम्म कायम गरिएको छ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ११:१३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...