back
CTIZAN AD

एएफसी सोलिडारिटी कप फुटबल

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.8K 

shares

१ कार्तिक, काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आइतबार सार्वजनिक गरेको छ ।

आगामी कात्तिक १७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा ब्रुनाई र टिमोर लेस्टेसमेत छन् । त्यसैगरी, समूह ‘बी’मा श्रीलङ्का, मकाउ, मङ्गोलिया र लाओस रहेका छन् ।

नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग तथा दोस्रो खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुनेछ । एएफसीले सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कपबाट बाहिरिएका टोलीबीच पहिलो पटक एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

विश्वकप छनोटबाट बाहिरिएका एसियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने स्थिति आएपछि एएफसीले सोलिडारिटी कप आयोजना गरेको हो । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखेको छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२३ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...