back

एएफसी सोलिडारिटी कप फुटबल

वि.सं.२०७३ कात्तिक १ सोमवार

624 

shares
IME Limited
NTC AD

१ कार्तिक, काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आइतबार सार्वजनिक गरेको छ ।

आगामी कात्तिक १७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा ब्रुनाई र टिमोर लेस्टेसमेत छन् । त्यसैगरी, समूह ‘बी’मा श्रीलङ्का, मकाउ, मङ्गोलिया र लाओस रहेका छन् ।

नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग तथा दोस्रो खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुनेछ । एएफसीले सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कपबाट बाहिरिएका टोलीबीच पहिलो पटक एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

विश्वकप छनोटबाट बाहिरिएका एसियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने स्थिति आएपछि एएफसीले सोलिडारिटी कप आयोजना गरेको हो । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखेको छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२३ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...