back
CTIZAN AD

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

१ कार्तिक, काठमाडौँ । नेपाली सेनाको तालिम शिविर नगरकोटमा महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाको बि कम्पनी, फस्ट बटालियन स्पेसल फोर्स ग्रुप (एअरबोन)बीच अभ्यास व्यालेन्स नेल १७–३०४५ सञ्चालन भएको छ ।

उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित महावीर गण र तालिम शिविर नगरकोटमा आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत बिहिबार आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेको थियो । यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नका साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...