Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास



१ कार्तिक, काठमाडौँ । नेपाली सेनाको तालिम शिविर नगरकोटमा महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाको बि कम्पनी, फस्ट बटालियन स्पेसल फोर्स ग्रुप (एअरबोन)बीच अभ्यास व्यालेन्स नेल १७–३०४५ सञ्चालन भएको छ ।

उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित महावीर गण र तालिम शिविर नगरकोटमा आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत बिहिबार आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेको थियो । यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नका साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ