Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

फरार रहेका घले पन्ध वर्षपछि पक्राउ



१ कार्तिक, काठमाडौँ । जन्म कैदको सजाय पाएका मनाङ भ्राका गाविस–३ घर भई काठमाडौँ–१७ धोबिचौर बस्ने राजु घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०५७ कात्तिक १८ गते बेलुका काठमाडौँ ठमेलस्थित ‘जुली ५४ डिस्को’मा राजु घले समेतका १० जना व्यक्तिले सोही डिस्कोमा खानपान गर्न भनी आएका काठमाडौँ पुरानो बानेश्वर बस्ने १९ वर्षीय सुवर्ण गुरुङसँग वादविवाद हुँदा निज गुरुङलाई धारिलो हतियारले साङ्घातिक आक्रमण गरी बेहोस बनाएकामा उपचारका लागि वीर अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

काजिमान गुरुङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु घलेसमेत भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०६४ पुस १२ गतेको फैसलाले घलेलाई जन्म कैदको सजाय हुने ठहरेको थियो । उक्त कैद सजाय बेरुजु रही हालसम्म फरार रहेका निज प्रतिवादी घलेलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही दिनअघि काठमाडौँबाट पक्राउ गरी आइतबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको प्रहरी प्रधान कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ परेका प्रतिवादी घलेलाई आज नै काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।