back
CTIZAN AD

फरार रहेका घले पन्ध वर्षपछि पक्राउ

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.3K 

shares

१ कार्तिक, काठमाडौँ । जन्म कैदको सजाय पाएका मनाङ भ्राका गाविस–३ घर भई काठमाडौँ–१७ धोबिचौर बस्ने राजु घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०५७ कात्तिक १८ गते बेलुका काठमाडौँ ठमेलस्थित ‘जुली ५४ डिस्को’मा राजु घले समेतका १० जना व्यक्तिले सोही डिस्कोमा खानपान गर्न भनी आएका काठमाडौँ पुरानो बानेश्वर बस्ने १९ वर्षीय सुवर्ण गुरुङसँग वादविवाद हुँदा निज गुरुङलाई धारिलो हतियारले साङ्घातिक आक्रमण गरी बेहोस बनाएकामा उपचारका लागि वीर अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

काजिमान गुरुङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु घलेसमेत भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०६४ पुस १२ गतेको फैसलाले घलेलाई जन्म कैदको सजाय हुने ठहरेको थियो । उक्त कैद सजाय बेरुजु रही हालसम्म फरार रहेका निज प्रतिवादी घलेलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही दिनअघि काठमाडौँबाट पक्राउ गरी आइतबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको प्रहरी प्रधान कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ परेका प्रतिवादी घलेलाई आज नै काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...