back
CTIZAN AD

विश्वविद्यालय बीचको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

वि.सं.२०७३ कात्तिक १ सोमवार

969 

shares

dr-paudel

१ कात्तिक,चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताउनुभएको छ ।

प्र्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताउनुभयो ।

विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उहाँले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गर्नु भयो । त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले बताउनुभयो ।

यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै चुलिएर गएको छ । उहाँले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पु¥याउने गरी काम भइरहेको बताउनुभयो । कक्षा १ को पुस्तक रङ्गिन गरिने र कक्षा १० को पाठ्यक्रम परिवर्तन हुने हुँदा ती दुई कक्षाका बाहेक अन्य कक्षाका पुस्तक छापिने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।
हरेक क्षेत्रमा विश्वविद्यालय बनाउने सरकारी योजनाअनुरुप क्षेत्र नं २ मा राजर्षि जनक विश्वविद्यालय खोल्ने तयारी सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

निर्वाचनसम्बन्धी ऐन बनाउने काम द्रुत गतिमा भइरहेको र कात्तिक मसान्तभित्रमा पुनःसंरचना आयोगको प्रतिवेदन आएमा चैत महिनाभित्रमै स्थानीय निकायको निर्वाचन गर्न सकिने उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०४:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...