back
CTIZAN AD

ब्रिक्स–बिम्स्टेक सम्मेलन सहकार्यका लागि अनुपम अवसरः प्रम दाहाल

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

prachanda

१ कार्तिक, गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबीच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताउनुभएको छ ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसङ्ख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै ब्रिक्स यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबीच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उहाँले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले साझा सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रका लाखौँ जनतालाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउन विगत दुई दशकदेखि ब्रिक्सको प्रतिबद्धता जारी रहेको बताउँदै उहाँले यसले विश्व अर्थतन्त्रलाई आर्थिक सङ्कटका बाबजुद स्थिर राख्न मद्दत गरेको छ भन्नुभयो ।

पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै उहाँले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताउनुभयो । शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राख्नुभयो ।

कृषि हामी सबैजसोको अर्थतन्त्रको मुख्य पक्ष हो भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिले रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासमा सहकार्य गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले नवीकरणीय ऊर्जाको उपयोगले स्वच्छ र हरित विकास ल्याउन सकिने उल्लेख गर्नुभयो ।

अन्तरक्षेत्रीय सञ्जालका लागि अत्याधुनिक पूर्वाधारले सबै प्रकारका आवागमनका माध्यम (सडक, रेल, जलयात्रा, हवाइमार्ग र प्रसारणलाइन)को सुविधाले यस क्षेत्रका वस्तु, सेवा र जनतालाई जोड्न सकिने उहाँको धारणा थियो ।

ब्रिक्स सदस्य मुलुकले नयाँ बैंक स्थापना र सञ्चालन गर्न सफल भएकोमा बधाई दिँदै त्यसबाट यस क्षेत्रको पूर्वाधार परियोजना र कार्यक्रमको दिगो विकासलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

आतङ्कवादको त्रास, त्यसका स्वरुपहरु, मानव तथा लागुऔषधको बेचबिखन र अन्य अन्तरदेशीय अपराधका विरुद्धमा सामूहिक रुपमा लड्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

सम्बोधन क्रममा उहाँले बिम्स्टेकको महत्वपूर्ण सदस्य राष्ट्र थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा त्यहाँको सरकार र जनताप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उक्त सम्मेलन आयोजना गर्ने मुलुक भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२१ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...