back

ब्रिक्स–बिम्स्टेक सम्मेलन सहकार्यका लागि अनुपम अवसरः प्रम दाहाल

वि.सं.२०७३ कात्तिक १ सोमवार

261 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

prachanda

१ कार्तिक, गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबीच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताउनुभएको छ ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसङ्ख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै ब्रिक्स यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबीच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उहाँले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले साझा सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रका लाखौँ जनतालाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउन विगत दुई दशकदेखि ब्रिक्सको प्रतिबद्धता जारी रहेको बताउँदै उहाँले यसले विश्व अर्थतन्त्रलाई आर्थिक सङ्कटका बाबजुद स्थिर राख्न मद्दत गरेको छ भन्नुभयो ।

पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै उहाँले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताउनुभयो । शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राख्नुभयो ।

कृषि हामी सबैजसोको अर्थतन्त्रको मुख्य पक्ष हो भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिले रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासमा सहकार्य गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले नवीकरणीय ऊर्जाको उपयोगले स्वच्छ र हरित विकास ल्याउन सकिने उल्लेख गर्नुभयो ।

अन्तरक्षेत्रीय सञ्जालका लागि अत्याधुनिक पूर्वाधारले सबै प्रकारका आवागमनका माध्यम (सडक, रेल, जलयात्रा, हवाइमार्ग र प्रसारणलाइन)को सुविधाले यस क्षेत्रका वस्तु, सेवा र जनतालाई जोड्न सकिने उहाँको धारणा थियो ।

ब्रिक्स सदस्य मुलुकले नयाँ बैंक स्थापना र सञ्चालन गर्न सफल भएकोमा बधाई दिँदै त्यसबाट यस क्षेत्रको पूर्वाधार परियोजना र कार्यक्रमको दिगो विकासलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

आतङ्कवादको त्रास, त्यसका स्वरुपहरु, मानव तथा लागुऔषधको बेचबिखन र अन्य अन्तरदेशीय अपराधका विरुद्धमा सामूहिक रुपमा लड्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

सम्बोधन क्रममा उहाँले बिम्स्टेकको महत्वपूर्ण सदस्य राष्ट्र थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा त्यहाँको सरकार र जनताप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उक्त सम्मेलन आयोजना गर्ने मुलुक भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...