back
CTIZAN AD

के भयो प्रम दाहाल र भारतीय प्रम मोदीबीच भेटवार्तामा

वि.सं.२०७३ कात्तिक १ सोमवार

1K 

shares

pmmodi

१ कात्तिक, गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग आइतबार साँझ द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नुभएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार यहाँ आउनु भएका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा केही अबेर सुरु भएको भेटमा उहाँहरुबीच राजकीय भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले ‘एन्टी डम्पिङ डयूटी’का समस्यालाई हल गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री डा महतले बताउनुभयो । त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि बताउनुभएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने र संविधानमा सबैलाई समेटेर लैजान नेपाल सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । भारतीय राष्ट्रपतिले गर्न लाग्नुभएको आगामी नेपाल भ्रमणबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारीको सहभागीता थियो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०३:१९ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...