Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

के भयो प्रम दाहाल र भारतीय प्रम मोदीबीच भेटवार्तामा



pmmodi

१ कात्तिक, गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग आइतबार साँझ द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नुभएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार यहाँ आउनु भएका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा केही अबेर सुरु भएको भेटमा उहाँहरुबीच राजकीय भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले ‘एन्टी डम्पिङ डयूटी’का समस्यालाई हल गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री डा महतले बताउनुभयो । त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि बताउनुभएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने र संविधानमा सबैलाई समेटेर लैजान नेपाल सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । भारतीय राष्ट्रपतिले गर्न लाग्नुभएको आगामी नेपाल भ्रमणबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारीको सहभागीता थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ