back
CTIZAN AD

समुन्द्रको किनारमा पुगेर कतारका नेपालीले लगाए दशैको टिका

वि.सं.२०७३ असोज ३० आइतवार

1.4K 

shares

qatar-ma-dashain-2073-1
घनश्याम पराजुली, दोहा । नेपालीहरुको सबैभन्दा ठूलो चाड विजयादशमी अर्थात बडादशै कतारमा पनि मनाईएको छ । मंगलबारका दिन परेको बडादशैलाई कतारमा भने शुक्रबारका दिनमा हर्षोउल्लासका साथ मनाएका छन । कतारमा परिवारसँगै बस्तै आएका र अन्य केही नेपालीहरुले भने बडादशैको दिन मंगलबार नै टिका थापेका थिए ।
आफु बस्ने क्याम्पमा उमारेका जमरा र रातो टिका निधारभरी लगाएर कतारको पर्यटकिय स्थल कर्नेसमा डुङ्गा चढेर रमाईलो गर्ने नेपालीहरु पनि प्रसस्तै भेटिए । टिकाको दिन मंगलबार परेको हुदा धेरै नेपालीहरुले भने छुट्टीको दिन शुक्रबारको दिनमा दशै मनाए ।
कतारको राजधानी दोहा देखी ६० कि.मी टाढा पुगेर पाथेका कन्चन बचत समुहले दशैलाई हर्षोउल्लासका साथ मनायो । बचत समुहले दशै मिलन कार्यक्रमको आयोजना गरेको हो । मरुभुमिको छेउछाउमा हरियाली जंगलसँगैको अलखोर स्थित समुन्द्रको किनारमा उनीहरुले मनोरन्जन कार्यक्रमका साथ बडादशैको टिका थापेका थिए ।
बर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैलाई प्रवासको ठाउमा पनीआफ्ै गाउँठाउँका साथिभाई र आफन्तहरुसँग मिलेर मनाएका थिए । दशै मिलन कार्यक्रमका संयोजक केदार बानियाले दशैको शुभकामना दिदै भने ‘प्रवासको ठाउँमा हामी एक परिवार भएर दशै मनाई रहेका छौ ।’
पाथेका कन्चन बचत समुहको बारेमाबोल्दै बानियाँले यो बचत समुहले नेपालको कला र सँस्कृती साथै थुप्रै सहयोगका कामहरु गरेका बताए । कार्यक्रममा बचत समुहका अध्यक्ष मिलन राईले विगत ६ बर्ष देखी कतारमा यसरी नै दशै मनाउदै आएको बताए ।
qatar-ma-dashain-2073-2

नेपाली झण्डा फहराउदै दशैको टिका
एकतिर बालुवाका थुप्रैथुप्राहरु देखिने मरुभुमि र अर्कोतिर निलो समुन्द्रि छालको विचमा नेपाली झण्डा फहराउदै नेपालीले कतारमा दशैको टिका थापेका छन । त्यहाँ नेपालीहरुले सामुहिक रुपमा टिका ग्रहण गरिरहदा नेपालकै झल्को मेटिन्थ्यो । आफ्नो बासस्थान देखी धेरै टाढा पुगेर प्रवासमै भएपनि नेपालीहरुले नेपालको झल्को मेटेका छन । दोहा, सनैया, बक्रालगायतका स्थानबाट बडादशै मान्नका लागी नेपालीहरु बक्राको समुन्द्रि तटमा पुगेका थिए ।
विगत ६ बर्ष देखी कतारमा कार्यरत ईलामकी निर्मला लिम्बुले आफन्तहरुसँग दशै मनाईरहदा घरपरिवारसँगै रहेको अनुभुति गरिन् । बिदेमा बाध्यताले काम गरिरहेका छौ । त्यो पिडालाई भुलाईदिएको छ । दशैको दिन छुट्टी थिएन, साथीहरुले खबर गरेपछी दशै मनाउन यहाँ आएको, उनी भन्छिन । विगत ११ बर्ष देखीकतारमा कार्यरत मोरङ्गका दुर्गा कार्कीलाई दशैको दिनमा छुट्टी नमिल्दा दुःख लागेको बताए । नेपालमा खुसीयाली मनाईरहेका थिए हामी भने यहा विहानै देखी काममा कुद्नु पर्यो उनी भन्छन ।
अलखोरको समुन्द्रि किनारमा दशै मनाईरहेका भोजपुरका सांगे शेर्पा भन्छन ‘हामीले जहाँभने पनि हाम्रो आफ्नो सँस्कृतीलाई भुल्नु हुदैन । यहाँ आफ्नै बाध्यता छ । त्यो बाध्यतालाई भुलेर आजदशै मनाईरहेका छौ।’ विगत २२ बर्ष देखी कतारमा कार्यरत उनले विगतका बर्षहरुमा भन्दाअहिले नेपालीहरुले आफ्ना चाडपर्वलाई कतारमा पनी खुलेरै मनाउने गरेको बताए । उनीहरुले दशैको दिन कम्पनीमा कार्यरत नेपालीहरु मिलेर टिका थापेको बताए । उनी भन्छन ‘सन् २००५ देखी कतारमा नेपालीहरु अत्याधिक आएका छन । पहिले यसरी कुनै पनी चाडपर्व र कार्यक्रम गर्न सहज थिएन । नेपालीको चापसँगै अहिले सहज पनि बनेको छ ।’
ताप्लेजुङ्गका कविन गुरुङ्ग ६ बर्ष देखी कतारमा कार्यरत छन । उनले दशैको दिन परिवारको सम्झनामा नै बिताए । चाडबाडको बेला बिदेशको तातोघाममा काममा खटिनु पर्दाको पिडा भने उनलाई सहि नसक्नु थियो । त्यस्तै खोटाङ्गकी जुनु राईले भने कतारमा आफ्नो परिवारसँगै दशै मनाईन । यहाँका नेपाली दाजुभाइहरुसँगै चाडबाड मनाउन पाउदा उनी खुसी नै छन ।
विगत ५ बर्ष देखी कतारमा पलम्बरको कामगर्दै आएका चन्द्रकुमार नेपाललाई भने दशैको दिन कम्पनीले छुट्टी दिएको थियो । उनीहरुले आफ्नै क्याम्पमा उमारेका जमरासँगै बडादशैको टिका थापे ।
कतारमा रहेका नेपालीहरुले पनी यसैगरी विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशै मनाएका छन भने केही नेपालीहरु दशैका लागी बिदामा नेपालपुगेका छन ।

वि.सं.२०७३ असोज ३० आइतवार १५:२१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...