back
CTIZAN AD

आफ्ना मान्छे भर्ती गर्न खोजेको आरोप

वि.सं.२०७३ असोज ३० आइतवार

1.3K 

shares

३० असोज,काठमाडौँ  । अस्थायी शिक्षक सङ्घर्ष समितिले सरकारले अस्थायी शिक्षकलाई हटाई उनीहरुको ठाउँमा आफ्ना मान्छे ‘भर्ती’ गर्न खोजेको आरोप लगाएको छ ।

समितिका अध्यक्ष निरेन्द्र कुँवरले आज राससलाई भन्नुभयो, “शिक्षा मन्त्रालय र शिक्षा विभागले अस्थायी शिक्षकलाई हटाउने षड्यन्त्र गरिरहेका छन् ।”

आठौँ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरुले खाली हात बिदा हुनुपर्ने प्रावधान रहेको छ । लिखित परीक्षाअगावै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ ।

अध्यक्ष कुँवरले लिखित परीक्षामा असफल शिक्षकले समेत हाल अध्ययन गराइरहेको विद्यालयमा अध्ययन गराउन पाउनुपर्ने माग राख्दै भन्नुभयो, “परीक्षा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्छ ।”

संशोधित ऐनमा यसरी परीक्षामा उत्तीर्ण हुने शिक्षकले सेवा निवृत्तिभरण पाउनका लागि बढीमा सात वर्ष अध्यापन गराउनुपर्ने प्रावधान थप गर्न समितिले माग गरेको छ ।

समितिले यही कात्तिक २, ४, र ५ गते प्रधानमन्त्री निवासमा धर्ना, उपत्यकाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने र अनशन लगायतका कार्यक्रम पनि तय गरेको छ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार १५:०४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...