back
CTIZAN AD

तीन दिनभित्र विवरण दिन सीमाना निर्धारण आयोगलाई निर्देशन

वि.सं.२०७३ असोज ३० आइतवार

1.1K 

shares

 

३० असोज,काठमाडौँ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसङ्ख्याको विवरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।

बैठकले प्रत्येक गाविस र इलाकागत जनसङ्ख्याको विवरण मन्त्रालयले आयोगलाई तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन गरेको छ ।

उपरोक्त विवरणका अतिरिक्त अन्य निकायबाट समेत विवरण आवश्यक भएमा आवश्यकताअनुसार नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी मन्त्रालयले आयोगलाई आवश्यक पर्ने विवरणहरु यथाशीघ्र उपलब्ध गराउनु पर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तथा मन्त्रालयका निमित्त सचिवलगायतका पदाधिकारीको उपस्थिति थियो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार १५:०३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...