back

तीन दिनभित्र विवरण दिन सीमाना निर्धारण आयोगलाई निर्देशन

वि.सं.२०७३ असोज ३० आइतवार

267 

shares
NTC AD
Global IME AD

 

३० असोज,काठमाडौँ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शीघ्र सम्पन्न गर्न प्रत्येक नगरपालिकाको वडागत रुपमा जनसङ्ख्याको विवरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।

बैठकले प्रत्येक गाविस र इलाकागत जनसङ्ख्याको विवरण मन्त्रालयले आयोगलाई तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन गरेको छ ।

उपरोक्त विवरणका अतिरिक्त अन्य निकायबाट समेत विवरण आवश्यक भएमा आवश्यकताअनुसार नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी मन्त्रालयले आयोगलाई आवश्यक पर्ने विवरणहरु यथाशीघ्र उपलब्ध गराउनु पर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, मध्यमाञ्चलका क्षेत्रीय प्रशासक तथा मन्त्रालयका निमित्त सचिवलगायतका पदाधिकारीको उपस्थिति थियो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार १५:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...