Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

चारलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता



३० असोज,काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ ।

हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

“दसैँका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रबारदेखि काम सुरु गरिएको छ, काठमाडौँमा ५५ हजार घरधनीसँग अनुदान सम्झौताको काम सुरु गर्ने तयारी भएको छ”– उहाँले भन्नुभयो ।

यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लाभग्राहीको बैंक खातामा हाल्ने काम भइरहेको थियो । ललितपुरको बुङ्मतीका चार घरधनीसँग अनुदान सम्झौता गरी पहिलो किस्ता दिइएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले काठमाडौँमा एक लाख १५ हजार ६७१ घरधनीलाई पुनःनिर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा बुझाएको छ जसमध्ये ५५ हजारलाई पहिलो चरणमा तत्काल अनुदान सम्झौता गर्नेगरी तयारी सुरु गरिएको हो ।

तिहारअघि नै ललितपुर र भक्तपुरमा पनि अनुदान सम्झौता सुरु गरिने प्रवक्ता थपलियाले बताउनुभयो । रासस


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक