back
CTIZAN AD

धम्क्याउँदै रकम असुल्ने एक व्यक्ति पक्राउ

वि.सं.२०७३ असोज ३० आइतवार

1K 

shares

३० असोज,काठमाडौँ  । केही व्यवसायी एवम् व्यक्तिलाई आफू विभिन्न सशस्त्र समूहको कमाण्डर भएको भनी धम्क्याउँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो ।

बेल्वासेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमँैजुबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँ पठाएको छ ।

उनले विभिन्न मोबाइल नम्बरबाट फोन गरी तथा चिठीपत्र पठाई रकम असुल्ने गरेको महाशाखाले आज जनाएको छ ।

यसअघि राजकुमार ढुङ्गानालाई सङ्गठितरुपमा हतियार देखाई अपहरण गरेको अभियोगमा विसं २०७० जेठ १३ गते निज बेल्वासेसहित चारजनालाई पक्राउ परी अपहरण तथा शरीर बन्धक र सङ्गठित अपराधमा साउन १० गते काठमाडौँ जिल्ला अदालतको फैसलाले सजाय भई २७ महिना जेल भुक्तान गरी विसं २०७२ भदौ २७ गते जेलमुक्त भएकोे अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनको साथबाट धम्की दिन प्रयोग गरेको सिमकार्ड, अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल) का नाममा रु १३ लाख सहयोग भन्ने व्यहोरामा लेखेको पत्र, सशस्त्र डिफेन्स आर्मी फोर्सका नाममा आर्थिक सहयोग गर्ने सम्बन्धमा लेखेको पत्र, सशस्त्र अग्निज्वालाका नाममा बैठक बस्ने भन्ने व्यहोरामा लेखेको पत्र, टाइगर मुक्ति मोर्चाका नाममा आर्थिक सहयोगको पत्र, खोज खबर, न्यूजका नाममा सहयोगका लागि लेखिएको पत्र र नगद रु एक लाख ५० हजार बरामद गरेको महाशाखाले जनाएको छ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार १४:५८ मा प्रकाशित

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...