back
CTIZAN AD

तनहुमा जिप दुर्घटना,  चालकसहित ११ घाइते

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

१ कात्तिक,दमौली। तनहुँको वसन्तपुर गाविस–३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइन्छ । डुमे्रबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ ।

जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन । राति भएको उक्त दुर्घटनाका घाइतेलाई पुर्कोट इप्रका भानु डुर्मे र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रनाउ गुरुङको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो । जिप दुर्घटना हुनाका कारण खुल्न सकेको छैन । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:११ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...