back

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक १ सोमवार

663 

shares
GLOBAL IME AD
NTC AD

 १ कात्तिक,रत्ननगर (चितवन) । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले आज जानकारी दिनुभयो ।

असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिनुभयो ।

अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । “चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,” केसीले भन्नुभयो – नियन्त्रण अभियान भने जारी राखेका छाँै ।”

दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।

“लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्नुहुन्छ ।

बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:१२ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...