back
CTIZAN AD

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

 १ कात्तिक,रत्ननगर (चितवन) । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले आज जानकारी दिनुभयो ।

असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिनुभयो ।

अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । “चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,” केसीले भन्नुभयो – नियन्त्रण अभियान भने जारी राखेका छाँै ।”

दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।

“लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने भन्नुहुन्छ ।

बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...