back

बसको ठक्करबाट दुईको मृत्यु

वि.सं.२०७३ कात्तिक १ सोमवार

606 

shares
IME Limited
NTC AD

१ कात्तिक,सुरुङ्गा (झापा) । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । थेवे र भेटवाल मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:१३ मा प्रकाशित

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक...

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा...

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

स्याङ्जा । आँधीखोला बचाउ अभियानका अभियान्तमामाथि र प्रहार गरेको आरोपमा...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काममा फर्किएका...

तीन दलका शीर्ष नेताको बैठक बस्दै

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का...