back

महापुराण लगाएर धर्मशाला निर्माण

वि.सं.२०७३ कात्तिक १ सोमवार

672 

shares

१ कात्तिक,दाङ । यहाँ पहिलोपटक सुविधासम्पन्न धर्मशाला निर्माण भएको छ । त्रिसिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले गत वर्ष सञ्चालन गरेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञबाट सङ्कलन भएको रकमले धर्मशाला निर्माण भएको हो ।

महापुराणबाट सङ्कलन भएको रु ५८ लाख र समितिको रु चार लाख गरी रु ६२ लाखमा पहिलोपटक जिल्लाको तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर परिसरमा धर्मशाला निर्माण भएको हो । विभिन्न दाताले महायज्ञमा दान गरेको रकमबाट १२ कोठाको सुविधासम्पन्न धर्मशाला निर्माण भएको समितिका अध्यक्ष देवराज धितालले जानकारी दिनुभएको छ ।

धर्मशाला निर्माणका लागि यहाँका स्थानीयवासीले रु पाँच सय देखि दुई लाखसम्म महायज्ञमा दान दिएका थिए । धर्मशालामा यात्रु, भक्तजन र विभिन्न स्थानबाट आएका पर्यटकलाई आश्रयस्थल प्रदान गरिने बताइएको छ ।

धर्मशालाको आइतबार सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको थियो । समितिका अध्यक्ष देवराज धितालका अनुसार अब केही दिन भित्र सो स्थानमा किरियापुत्री आवाससँगै मन्दिर परिसरमा वाटिका निर्माण गरिने छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:३१ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...