Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद



 १ कात्तिक,काँकडभिट्टा (झापा) । ‘काम कर, फलेर आश नाकर !’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गर्नुभएको छ, कनकाई–९ निवासी पवन राजवंशीले ।

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गर्नुभएको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ । स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुनुहुन्छ । उहाँलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो ।

प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आउनुभएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुनुहुन्छ । तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ ।” चित्रकलामा विशेष दखल राख्ने पवन साधा जीवन जिउनुहुन्छ । राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसक्नु भएका उहाँ आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बन्नुभएको छ ।

उहाँले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसक्नुभएको छ । यतिबेला उहाँ झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आउनुभएको छ ।

कुनै बखत उहाँ झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्नुहुन्थ्यो । त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याउनुभएको रहेछ । उहाँ भन्नुहुन्छ, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा