back
CTIZAN AD

महापुराण लगाएर धर्मशाला निर्माण

वि.सं.२०७३ कात्तिक १ सोमवार

807 

shares

१ कात्तिक,दाङ । यहाँ पहिलोपटक सुविधासम्पन्न धर्मशाला निर्माण भएको छ । त्रिसिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले गत वर्ष सञ्चालन गरेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञबाट सङ्कलन भएको रकमले धर्मशाला निर्माण भएको हो ।

महापुराणबाट सङ्कलन भएको रु ५८ लाख र समितिको रु चार लाख गरी रु ६२ लाखमा पहिलोपटक जिल्लाको तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर परिसरमा धर्मशाला निर्माण भएको हो । विभिन्न दाताले महायज्ञमा दान गरेको रकमबाट १२ कोठाको सुविधासम्पन्न धर्मशाला निर्माण भएको समितिका अध्यक्ष देवराज धितालले जानकारी दिनुभएको छ ।

धर्मशाला निर्माणका लागि यहाँका स्थानीयवासीले रु पाँच सय देखि दुई लाखसम्म महायज्ञमा दान दिएका थिए । धर्मशालामा यात्रु, भक्तजन र विभिन्न स्थानबाट आएका पर्यटकलाई आश्रयस्थल प्रदान गरिने बताइएको छ ।

धर्मशालाको आइतबार सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको थियो । समितिका अध्यक्ष देवराज धितालका अनुसार अब केही दिन भित्र सो स्थानमा किरियापुत्री आवाससँगै मन्दिर परिसरमा वाटिका निर्माण गरिने छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०७:३१ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...