back
CTIZAN AD

डुङ्गा दुर्घटनाका मृतकलाई रु एक लाख राहत

वि.सं.२०७३ कात्तिक १ सोमवार

945 

shares

१ कात्तिक, इलाम। इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक÷एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ ।

जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

चन्डालघाटमा निर्माणाधीन रहेका छुट्टाछुट्टै झोलुङ्गे पुल र पक्की पुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा सहभागी निमित्त स्थानीय विकास अधिकारीसमेत रहनुभएका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाका अनुसार दुवै पुल छिटो निर्माण सम्पन्न गर्न र गराउनका लागि पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, व्यवस्थापिका–संसद्मा इलामबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रालयमार्फत पुलका ठेकेदार कम्पनीलाई पहल गर्ने सहमति बैठकले गरेको हो ।

गत असोज २५ गते विजयादशमीको दिन महमाई–३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुईजनाको परिवारलाई पनि रु एक÷एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

डुङ्गा दुर्घटनामा हराएकामध्ये आठजनाको शव फेला परिसकेको छ र सातजनाको सनाखत भइसकेको छ । घटनास्थलमा गरिएको प्रारम्भिक अध्ययनले डुङ्गामा ४२ जना यात्रु चढेको पुष्टि भएको र यात्रुबाहेक केही मोटरसाइकल र सामान पनि रहेकाले ढुङ्गा धेरै भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताउनुभयो ।

डुङ्गाका यात्रुले लगाउने १५ थान लाइफ ज्याकेट र खोला तर्न मिल्ने गाडीको ट्युब डुङ्गा सञ्चालकहरूलाई उपलब्ध गराइएको छ ।

जिविस र गाविसको पहलमा सुरक्षा निकायबाट प्राप्त भएका ती लाइफ ज्याकेट र ट्युब उपलब्ध गराइएको हो । आगामी दिनमा हरेक यात्रुले लाइफ ज्याकेट लगाएरमात्र डुङ्गामा सवार गर्न र गराउन पनि निर्देशन गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०९:५२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...