back
CTIZAN AD

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

वि.सं.२०७५ भदौ १३ बुधवार

1.2K 

shares

१३ भदौ, उर्लाबारी, मोरङ । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो ।

निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका थिए । खड्गीले ८४४ मत प्राप्त गरेका थिए भने भट्टराईले ७७७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेद्वार धर्मराज शाक्यले ३३ मत ल्याएका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने विजयी भएका छन् भने उद्योग उपाध्यक्षमा यामलाल रसाइली, वाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, महासचिवमा रामबहादुर थापा, उद्योग सचिवमा सम्झना खतिवडा ९आचार्य०, वाणिज्य सचिवमा नेत्र आँपागाई र कोषाध्यक्षमा सुनिल बोहोरा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा डिल्लीराम खतिवडा, कृष्णराज गिरी, निर्मला चौहान, यज्ञबहादुर कार्की र योगेन्द्र निरौला निर्वाचित भएका छन् । सङ्घको लेखा समिति संयोजकमा केदार रिजाल र लेखा सदस्यमा जङ्गबहादुर कार्की र विनिता दाहाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक महेन्द्रजङ्ग तामाङले जानकारी दिए । कुल एक हजार ८७६ मतदाता रहेको सङ्घको निर्वाचनमा एक हजार ७४३ ले मतदान गरेका थिए ।

वि.सं.२०७५ भदौ १३ बुधवार ०८:५४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...