back
CTIZAN AD

अमेरिकी अनुदानः परियोजनाको यसरी अघि बढ्दै छ काम

वि.सं.२०७५ भदौ १३ बुधवार

1.2K 

shares

१३ भदौ, काठमाडौँ । एमसीसी परियोजना अन्तर्गतको तीन सय किलोमिटर लामो उच्च भोल्टेजको प्रसारणलाइन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) निर्माणको लागि कम्पनी छनोट भएको छ ।
अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत ठूलो क्षमताको प्रसारणलाइन निर्माणको लागि कम्पनी छनोट गरिएको हो ।
रसियन कम्पनी स्टानटेकलाई १ वर्षभित्रमा डिपिआर तयार पार्ने जिम्मेवारी दिईएको छ । यस्तै सोही कम्पनीले नै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन समेत तयार गर्ने छ ।

काठमाडौंको लप्सीफेदीबाट सुनवल सम्म चार सय केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदनको कामका लागि परामर्शदाता छानिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपालका संयोजक तुलसी सिटौलाले जानकारी दिए ।
परामर्शदाता कम्पनीले नै निर्माणका लागि बिड डकुमेन्ट तयार पनि गर्ने अफिस अफ मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल ओएमसीएन संयोजक सिटौलाले बताए । सिटौलाका अनुसार सो कम्पनीको काम सन्तोषजनक भएको खण्डमा आयोजनाको सुपरभिजन समेत गर्न दिईने छ । सन् २०१९ को सेप्टेम्बरसम्म डिपिआर तयार पारेर आयोजनाको निर्माण सुरु गरिसक्ने ओएमसीएनको योजना रहेको छ ।
एमसीसीको सहयोगमा लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माण गरिँदैछ ।
यो प्रसारणलाइनले उत्पादित विद्युत भारतमा निर्यात गर्न सहज मार्ग दिनेछ । आयातका लागि पनि बाटो खोल्नेछ । पछिल्लो समय नेपालले भारत सँग ईनर्जी बैंकिङको प्रस्ताव समेत गरेको छ । हाल नेपालले भारतसँग ढल्केबर सबस्टेशनबाट मात्रै विजुली आयात गर्दैै आएको छ । भविष्यमा उक्त परियोजनाले भारतसँगको विद्युत व्यापारमा थप बाटो खोलिदिनेछ । यो प्रसारणलाइनलाई लक्षित गर्दै विद्युत प्राधिकरणले हेटौंडा र लप्सीफेदीमा सब–स्टेशन निर्माण गर्नेछ । एमसीसीको कार्यक्रम अन्तर्गत अमेरिकाले सडक र प्रसारणलाइन निर्माणमा लगानी गर्दैछ ।
पछिल्लो समयमा नेपालले चीनसँग त्रिशुलीबाट रसुवागढी हुँदै सीमापार प्रसारणलाइन निर्माणको प्रस्ताव गरेको छ । त्यसको आधारमा त्रिशुली बेसिनमा निर्माण भइरहेका आयोजनाको बिजुली चीन निर्यात गर्ने सम्भावना पनि हुन्छ । अन्य बेसिनमा आयोजनालाई पनि यसमा जोड्दै लैजान सहज हुने अपेक्षा गरिएको छ ।

सडक परियोजना

यसै गरी एमसीसी मार्फत् विभिन्न पाँच सडकको स्तरोन्नती पनिे गरिने छ हेटौंडा–भीमफेदी, सडकसहित धरान बसन्तपुर र कदमहागाइघाट, अमेलिया धानखोलासहित ताप्लेजुङसम्मको सडक पनि यही आयोजनाले स्तरीकरण गर्नेछ ।

झण्डै ३ सय किलोमिटर सडकमा आयोजनाले ५ वर्षसम्म मर्मत र सुधारको काम गर्ने ओएमसीएनका संयोजक सिटौलाले जानकारी दिए । यसै आयोजना अन्तरगत हेटौंडाबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्मको सडकको स्तरीकरण गरिने छ ।

योसहित कोशी, मेची, सगरमाथा र पूर्वपश्चिम हाईवेका विभिन्न खण्डको पनि स्तररीकरणका लागि ओएमसीएनले काम गर्ने गरी योजना छनौट गरेको छ ।

हेटौंडा९भीमफेदीको २२ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवत९जावतमा समस्या छ । यसलाई हटाउने र सडकलाई स्तरीय स्वरुपमा सञ्चालन गर्ने गरी मर्मत र सुधारको ओएमसीएनले काम गर्ने भएको छ ।
सुरुवातमा यसमा उच्च स्तरको कालोपत्रे गरिनेछ । त्यसपछि सडकमा सवारी गुड्दा विभिन्न समस्या आउने स्थानमा सुधारका कामहरु गरिनेछ ।
उक्त रकम अन्तर्गतका परियोजनाहरु पाँच वर्षभित्र निर्माण गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ।

तोकिएकै समयमा परियोजना सम्पन्न गर्न नसक्ने बानी परेको भनेर आलोचना खेप्ने गरेको नेपालका लागि (एमसीसी)अन्तर्गत भएको सम्झौतालाई एउटा चुनौतीका रुपमा समेत हेरिएको छ।

वि.सं.२०७५ भदौ १३ बुधवार ०८:३० मा प्रकाशित

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...