back

यसरी मनाइयो अष्ट्रेलियामा पहिलोपटक गाईजात्रा (तस्बिरसहित)

वि.सं.२०७५ भदौ १३ बुधवार

339 

shares
GLOBAL IME AD
NTC AD

प्रबासमा आफ्नो भाषा, कला, र सँस्कृतिलाई संरक्षण एवम् प्रवर्धन गर्ने उद्धेश्यले गोरखा समाज अष्ट्रेलियाद्धारा आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।

अगस्ट २६ तारेख आईतबारको दिन आयोजित उक्त कार्यक्रममा मौलिक गाईजात्रा तथा बिभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकी सहितको परेड प्रदर्शन गर्दै सिड्नी स्थित टेम्पे पार्कको परिक्रमा गरिएको थियो ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा बिहान ८ बजेबाट साँझ ५ बजे सम्म रक्षाबन्धनको ब्यबस्था गरिएको थियो भने मध्यान्ह १२ बजेबाट पञ्चकन्या सहितको गाईजात्रा परेड शुरू भएको थियो ।


हजारौको सङ्ख्यामा नेपाली समुदायको सहभागिता रहेको उक्त परेड पश्चात् गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्ष्यता तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यमा छोटो औपचारिक कार्यक्रम गरिएको थियो ।
मन्तव्यको क्रममा गुरुङले यस्ता कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना तथा संरक्षणमा टेवा पुग्ने बताउँदै आउँदा दिनहरुमा पनि कार्यक्रमको निरन्तरताको सुझाव दिएका थिए भने सँसथाका महासचिब प्रकाश बस्ताकोटीले स्वागत मन्तब्य दिएका थिए ।


सँस्थाका सचिब शिब बन्जाराले प्रबासमा एकै खालका कार्यक्रम प्रस्तुत हुँदै आएका सिड्नीबसी समुदायमा यस पृथक र बिशेष मनोरञ्ज प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा उपस्थित जनसमुदायहरूबाट यस कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको बताएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षकका रुपमा मेरी बास्सैका निर्देशकद्वय राजू मास्टर तथा बल्छी धुर्बेको हाँस्य शैलिमा बर्तमान अबस्था,बिकृति र जनचेतनामुलक बेजोड प्रस्तुतीले सिड्नीको चिसो मौसमलाई पनि पेट मिचिमिचि हँसाएर सबैलाई तताएको थियो साथै कार्यक्रममा अन्य स्थानिय कलाकारहरूको बिभिनन प्रस्तुति सहित नेपाली मौलीक खैजडी भजन पनि प्रस्तुत गरिएको थियो,सिड्नी स्थित विभिन्न संघ सस्थाहरुको सहभागिता सँगै गाईजात्राको मौलिक टाकटुके नाच र गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो ।


यस कार्यक्रमलाई सब्य र भब्य बनाउन सहयोग प्रत्यक्ष,अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक व्यवसायहरु, स्टल राख्नुहुने ब्यवसायहरु, कार्यक्रमका लागि नेपालबाट पाल्नुभएका कलाकारहरू , कार्यक्रममा सहकार्य गर्नुहुने संघसंस्थाहरुका साथै विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै उपस्थित प्रतिनिधिहरु, कलाकारहरु, प्राविधिक साथीहरु, पत्रकार मित्रहरु, स्वयंसेबकहरू, उपस्थित महानुभावहरु तथा सम्पूर्ण शुभचिन्तकहरु प्रति आयोजकले हार्दिक आभार ब्यक्त गरेको छ ।

वि.सं.२०७५ भदौ १३ बुधवार ०९:०८ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...