back
CTIZAN AD

किड्नीका बिरामी चौधरीद्धारा सहयोगको याचना

वि.सं.२०७५ भदौ १३ बुधवार

774 

shares

१३ भदौ, बुधबारे । आफ्ना सन्तान भबिश्यमा ठूलो मान्छे बनेको देख्न पाउँ भन्ने इच्छा सबै आमाबुवाको हुन्छ ।
छोराछोरीको प्रगतिमा सबैको मन हर्षित हुन्छ । लाउँलाउँ खाउँखाउँको उमेरमा आप्mना सन्तान प्रति सबै आमाबुबाले ठूलो अपेक्षा पनि गरेका हुन्छन् । तर झापा बुद्धशान्ति–३ (साविक बुधबारे–७) को एक चौधरी परिवारमा भने ती सपना र अपेक्षामा एकाएक निरासामा छाएको छ ।

परिवारका सबै सदस्यको हाँसो खुसी पीडामा रुपान्तरण भएको छ । त्यो परिवारमा आफ्ना १६ बर्षिय छोरा आशिष चौधरीको दुवै किड्नीमा समस्या भएको र तत्काल किड्नी फेर्न डाक्टरले सुझाव दिए पछि उनको जीवन रक्षा नै यतिवेला ठूलो चुनौती बनेको छ ।

कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका अरुणकुमार चौधरी र उनकी धर्मपत्नी मञ्जुदेवी चौधरी जीवन धान्ने धेरै विकल्पहरुमा संघर्ष गर्दा पनि सहजता नआएपछि सिराहाबाट करीव १२ बर्ष अघि मञ्जुदेवीको माइती गाउँ झापाको बुद्धशान्ति–३ मा आएर बस्न थाले ।

करीव १५ धुर जमिनमा उनीहरुले जीवनका सघर्षका कथाहरु सुरु गरे । जीवनमा खुसीका पलहरु जुटाउन आप्mनी श्रीमति मञ्जुलाई माइतीकै रेखदेखमा छाडेर अरुण सन्तानको खुसीका लागि विदेशिए ।
मरुभुमिको देशमा ११ वर्ष श्रम गरेर जेनतेन परिवार पाल्दै आएका अरुण यतिवेला परिवारसँगै छन् ।
छोरा आशिषको १४ महिना अघि किड्नीमा समस्या देखिएपछि नियमित उपचारका लागि विदेशबाटै खर्च पठाउने गरेका अरुण यतिबेला त्यहि छोराको उपचारमा जुटेका छन् । ‘सन्तानकै खुसी र सुन्दर भविश्यको कल्पना बोकेर विदेशिएको आज छोरा नै अस्वस्थ रहेपछि मन थाम्न सकिएन’ अरुण भन्छन् ‘डाक्टरले छोराको किड्नी नै फेर्नुपर्छ भनेपछि विदेशमा बसिरहन सकिन ।’ दुर्गा आवासीय मावि मेचीनगर–१२ धाइजनमा कक्षा १० मा अध्ययनरत् आषिश यतिबेला नियमित उपचारमा छन् । रोकधामका लागि अस्पताल धाउनु चौधरी परिवारको दैनिकी झैं भएको छ । ‘अहिले सम्म ठूलो रकम उपचारमा खर्च भईसक्यो’ आषिशकी आमा मलिन स्वरमा भन्छिन् ‘डाक्टरले छोराको किड्नी नै फेर्नुपर्छ भनेको छ र त्यसका लागि १४, १५ लाख जति जोहो गर्नुपर्छ भनेको छ ।’

उनले छोराको थप उपचारका लागि आफूहरुसँग केही नभएको बताइन् । ‘श्रीमान् कै भर थियो उहाँपनि छोरो बिरामी भएको खबरले यहिँ हुनुहुन्छ ।’ उनी भन्छिन् ‘अब के ले छोराको उपचार गर्ने केही सोच्न सकिरहेको छैन ।’
आषिशका बुबा अरुणले छोरा सबथोक भएको बताउँदै छोरोको जीवन बचाउन पाए आफूलाई केहि नचाहिने भन्दै सहयोगी मनहरुसँग छोराको जीवन रक्षा गरिदिन अनुरोध गरेका छन् । ‘मैले केही सोच्न सकेको छैन’ अरुण भन्छन् ‘छोराले बाबा मलाई के भएको भनेर पटक पटक सोध्छ, के जवाफ दिउँ दिउँ, मन त्यसै भक्कानिन्छ ।’ छोरालाई किड्नी फेर्न १४,१५ लाख लाग्ने डाक्टरले बताएपछि छोराले को बाट किड्नी पाउँछ र कहाँबाट त्यतिका रकम जुटाउनु भनेर मात्रै दिमागमा सोचाई आउने गरेको बताउँदै आशिषकी आमा मञ्जुले सबैसँग छोराको जीवन बचाइदिन अनुरोध गरेकी छिन् ।

आशिषको अवस्था देखेर छिमेकीहरुपनि दुःखित बनेका छन् । उनीहरुले पनि आफूले सक्ने सहयोग गर्ने बताउँदै थप सहयोगका लागि सहयोगी मनहरुसँग अपिल गरेका छन् । छिमेकी भिमा अधिकारीले सबै मिलेर उनको उपचारमा लाग्नुपर्ने बताइन् ।
आषिशका बुबा अरुणले सहयोग गर्न चाहनु हुने सहयोगीहरुलाई ९८१६०१५६१४ मा सम्पर्क गर्न तथा आप्mनी श्रीमति मञ्जुदेवी चौधरीको एन.आइ.सी. एशिया बैंकको खाता नम्बर ०९८३९०५७३६५२४००१ मा सहयोग गर्न इच्छुक भए आर्थिक सहयोग जुटाइदिन अनुरोध गरेका छन् ।

वि.सं.२०७५ भदौ १३ बुधवार ०९:२० मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...