back
CTIZAN AD

हेटौँडामा चोरको बिगबिगी, एकैरातमा तीन ठाउँमा चोरी

वि.सं.२०७५ भदौ १४ बिहीवार

930 

shares

 

१४ भदौ, हेटौँडा । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो ।

हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ । कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताए । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बैंकको तीनवटा सटरमा लगाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । सटर फोडिएको पाइएपछि चोरी भएको आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यसैगरी हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा पनि चोरी भएको छ । गए राति नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ । मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भने आई नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

 

वि.सं.२०७५ भदौ १४ बिहीवार १२:३७ मा प्रकाशित

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...