back
CTIZAN AD

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोग उपचार सेवा सुरु

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.2K 

shares

२ कात्तिक,भक्तपुर । मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आजदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ ।

केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ मुटु उपचार सेवा सञ्चालनमा ल्याइएको आज पत्रकारलाई जानकारी दिएको छ । केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले मुटुको कुनै पनि उपचारका लागि अब भक्तपुर र भक्तपुरपूर्वका जिल्लाका बिरामीले गङ्गालाल हृदयरोग केन्द्र, मनमोहन मेमोरियल अस्पताल वा शिक्षण अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – “यसले बढ्दो बिरामीको चापलाई केही हदसम्म कम गर्छ, मुटुको जाँचदेखि शल्यक्रियासम्मका लागि अब बिरामीले अन्यत्र भौँतारिनु पर्दैन ।”

सो अवसरमा डा सुवर्ण तुलाधारले सरकारको रु सात करोडको अनुदानमा क्याथ ल्याब(मुटुसम्बन्धी एक प्रयोगशाला) एवम् करिब रु १२ करोडको लागतमा आवश्यक उपकरण ल्याएर सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सर्जरी, कार्डियोलोजी, एनेस्थेसिया लगायतका मुटुरोग विशेषज्ञ टोली आजदेखि खटिएको छ, आवश्यक जनशक्ति, प्रविधि सबै तयारी गरेरै सेवा सञ्चालन भएको हो ।”

बेलायतमा मुटु र फोक्सो दुवै रोगमा एमडी गरेर उतैको अनुभव भएका चिकित्सक टोलीसहित डा तुलाधरसँगै डा कार्तिकेश ठाकुर, डा मोहनदेव भण्डारी, डा सन्दीप भण्डारी, डा प्रेमराज वैद्य लगायत छन् ।

डा ठाकुरले मुटु र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य रहेको प्रत्यारोपण केन्द्रमा मुटु रोगको जाँचका लागि आवश्यक पर्ने इको, इसिजी, टिएमटी, ल्याब सेवा सञ्चालनमा आएको र मुटुको शल्यक्रिया भने यसै महिनाको अन्तिम सातादेखि सुरु हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रमा तत्कालका लागि दैनिक ५० जनासम्मलाई बहिरङ्ग(ओपिडी) सेवा दिइने र जनशक्ति थपिएसँगै ओपिडी लगायत अन्य सेवा पनि थप गर्दै लैजाने अस्पतालको योजना छ ।

बिरामीसँग सरकारले निर्धारण गरेको शुल्क वा गङ्गालाल हृदयरोग केन्द्रले लिँदै आएको शुल्कभन्दा बढी नलिने र कतिपय परीक्षणमा त्यसभन्दा पनि कम शुल्कमा सेवा सुरु गरिएको उहाँको भनाइ छ ।

केन्द्रका डा कल्पना श्रेष्ठले मिर्गौलाको उपचारका लागि आउने बिरामीका विभिन्न जाँचका लागि दैनिक चार जनासम्मलाई गङ्गालाल हृदयरोग केन्द्रमा पठाइने गरेकामा अब मिर्गौला उपचारका लागि आउने बिरामीलाई समेत अब अन्यत्र पठाउनु नपर्ने भएको बताउनुभयो ।

केन्द्रले मुटु रोग उपचार सुरु गरेका अवसरमा केन्द्रमा बुधबार निःशुल्क मुटुरोग परीक्षण शिविर गर्ने भएको छ । शिविरमा आउने बिरामीलाई इसिजी, इको, ल्याब लगायत सेवामा ५० प्रतिशत छुट दिइने बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०७:३३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...