
रातो घाम उदाउने मिर्मिरे सम्म
यो महासमरको सहयात्री हुँदा
विचार र रुपले भावनामा छुँदा
तिमिसँग प्रेम साईनो म जोड्न आएँ
दुनियाँमा नयाँ रित म छर्न आएँ
बुझ्ने बदल्ने यो आन्दोलनमा………..
धारमा रोक्ने रे मन्दिरमा छेक्ने
तिमिसँग छोईँदा अरु जुठो बन्ने रे
प्रेम इतिहाँसमा तिमिले नमुना रोज
सँगै हुन्छु सँधै यो मुक्ति यात्रामा
सम्झे हुन्छ दाँजेर जेनी माक्र्सकै पात्रमा
बुझ्ने बदल्ने यो आन्दोलनमा……
तस्बीरमा इश्वर रे मुर्तिमा इश्वर
म माक्र्सवादी हुनाले नमान्ने इश्वर
जातीय वर्गीय शोषण फोड्ने कुरामा
लिंगीय क्षेत्रीय विभेद तोड्ने कुरामा
सहयात्रामा कतै शंका नगर्नु
म सँग तिमिले प्यार रे
बुझ्ने बदल्ने यो आन्दोलनमा…….