back

अमेरिकी राष्ट्रपतिको लागि भएको मतदानको गणना जारी, अहिले सम्म हिलारी नै अगाडि

वि.सं.२०७३ कात्तिक २ मंगलवार

513 

shares
IME Limited
NTC AD

२ कात्तिक,न्युयोर्क । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिनटन नै अगाडि देखिनुभएको छ ।

आगामी नोभेम्बर ८ मा हुने गइरहको यस निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि नै पर्नुभएको देखिएको छ ।

किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन अगाडि देखिनुभएको छ भने ओहिओमा भने ट्रम्प अगाडी पर्नुभएको छ ।

महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताे जनाएका छन् ।

सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनुले नै ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ ।

करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो ।

सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड)का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् ।

साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका सार्वजनिक भएको थियो ।

“महिलालाई जे गरेपनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्ने जस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पार्नुभएको थियो ।

क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए ।

निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् । यस अघि भएको रासस÷एएफपी÷एपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार १०:४५ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...