back

म्यानमारमा डुङ्गा दुर्घटनामा मारिनेको सङ्ख्या ३९ पुग्यो

वि.सं.२०७३ कात्तिक २ मंगलवार

603 

shares
IME Limited
NTC AD

२ कात्तिक,याङ्गुन। उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको छ ।

दुर्घटना स्थलबाट सोमबारसम्म निकालिए ३१ शवमा २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायः जस्तो विद्यालयमा शिक्षिका रहेका बताइएको छ ।

यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

करिब ३०० व्यक्ति सवार रहेका अनुमान गरिएको सो डुङ्गामा एक विश्वविद्यालयका करिब ८० जना विद्यार्थी, ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढीबीच बाटोमा चढेका व्यक्ति रहेका थिए । दुर्घटना भएकै दिनमा १५७ जना व्यक्तिलाई तत्काल उद्धार गरिएको बताइएको छ ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनु नै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटना पछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका बतनाइएको थियो । रासस÷सिन्ह्वा÷एएफपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार १०:४६ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...