back

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही

वि.सं.२०७३ कात्तिक २ मंगलवार

768 

shares

२ कात्तिक,अल सुरा (इराक)। इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ ।

इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् ।

त्यसैकारण सावधानी पूर्वक सैन्य कारबाहीको क्रम अघि बढाउनुपर्ने हुँदा यो कारबाही कठिन र लामो समय लाग्ने अनुमान गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

मोसुल सहरमा फसेका सर्वसाधारण जनता सबैलाई पर्याप्त मानवीय सहयोग सामाग्रीको पनि आवश्यकता परेको सैनिक उद्धारकर्मीले बताएका छन् ।

इराकी राष्ट्रिय सेनाका करिब ३० हजार जवानले ६० राष्ट्र सहभागी रहेका अमेरिकी नेतृत्वको बहुराष्ट्रिय गठबन्धन सेनाको हवाइ र स्थलगत पाश्र्व सहयोगमा आइएसविरुद्ध हवाई र स्थल आक्रमण जारी गरेका छन् ।

आइएसले कब्जा जमाएको अन्तिम शहरलाई मुक्त गर्न निर्णायक युद्धको ‘कठिन् अभियान’ सुरु गरेकाले यस्तो सैनिक कारबाही अलि लामै समयसम्म चल्ने अनुमान गरिएको छ । तर त्यहाँका नागरिकलाई कुनै क्षति नपु¥याई इराकी सरकारले पुनःआफ्नो नियन्त्रणमा लिएरै छाड्ने समेत एकजना अमेरिकी वरिष्ठ सैनिक जनरलले बताए ।

मोसुल सहरमा आइएस विरुद्ध सैन्य कारबाही सुरु भएको पहिलो दिन नै पेन्टागनका प्रेस सचिव पिटर कुुकले इराकी बलले आफ्नो उद्देश्य हासिल गर्न निकै नजिक पुगि सकेको दाबी गर्नु भएको थियो ।

सन् २०१४ को जुन महिनादेखि आतङ्ककारी आइएस समूहले इराकको दोस्रो ठूलो सहर मोसुललाई आफ्नो कब्जामा लिएको थियो ।

मोसुललाई मुक्त गराएपछि आतङ्कवादवाट पीडित अर्को राष्ट्र सिरियाको दोस्रो ठूलोे सहर राका मात्र आइएस समूहको कब्जाबाट मुक्त गराउन बाँकी रहन्छ । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार १०:४६ मा प्रकाशित

Himalayan Life AD
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...