Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही



२ कात्तिक,अल सुरा (इराक)। इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ ।

इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् ।

त्यसैकारण सावधानी पूर्वक सैन्य कारबाहीको क्रम अघि बढाउनुपर्ने हुँदा यो कारबाही कठिन र लामो समय लाग्ने अनुमान गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

मोसुल सहरमा फसेका सर्वसाधारण जनता सबैलाई पर्याप्त मानवीय सहयोग सामाग्रीको पनि आवश्यकता परेको सैनिक उद्धारकर्मीले बताएका छन् ।

इराकी राष्ट्रिय सेनाका करिब ३० हजार जवानले ६० राष्ट्र सहभागी रहेका अमेरिकी नेतृत्वको बहुराष्ट्रिय गठबन्धन सेनाको हवाइ र स्थलगत पाश्र्व सहयोगमा आइएसविरुद्ध हवाई र स्थल आक्रमण जारी गरेका छन् ।

आइएसले कब्जा जमाएको अन्तिम शहरलाई मुक्त गर्न निर्णायक युद्धको ‘कठिन् अभियान’ सुरु गरेकाले यस्तो सैनिक कारबाही अलि लामै समयसम्म चल्ने अनुमान गरिएको छ । तर त्यहाँका नागरिकलाई कुनै क्षति नपु¥याई इराकी सरकारले पुनःआफ्नो नियन्त्रणमा लिएरै छाड्ने समेत एकजना अमेरिकी वरिष्ठ सैनिक जनरलले बताए ।

मोसुल सहरमा आइएस विरुद्ध सैन्य कारबाही सुरु भएको पहिलो दिन नै पेन्टागनका प्रेस सचिव पिटर कुुकले इराकी बलले आफ्नो उद्देश्य हासिल गर्न निकै नजिक पुगि सकेको दाबी गर्नु भएको थियो ।

सन् २०१४ को जुन महिनादेखि आतङ्ककारी आइएस समूहले इराकको दोस्रो ठूलो सहर मोसुललाई आफ्नो कब्जामा लिएको थियो ।

मोसुललाई मुक्त गराएपछि आतङ्कवादवाट पीडित अर्को राष्ट्र सिरियाको दोस्रो ठूलोे सहर राका मात्र आइएस समूहको कब्जाबाट मुक्त गराउन बाँकी रहन्छ । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले