back
CTIZAN AD

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

वि.सं.२०७५ भदौ २३ शनिवार

768 

shares

२३ भदौ, बैङ्कक। सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएका छन् ।

बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ ।
अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो ।

“उनीहरुले गलत सूचनाहरु आदान प्रदान गरेका थिए, त्यसैले पक्राउ गरिएको हो,” एक प्रहरी अधिकारीले भने । उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको ती प्रहरी अधिकारीको भनाई छ ।

उनीहरु सवैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको समाचारमा जनाइएको छ । प्रहरीले लगाएको आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्नेछ ।

वि.सं.२०७५ भदौ २३ शनिवार १४:०५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...