back
CTIZAN AD

देशभर ‘स्मार्ट कार्ड प्रणाली’

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.1K 

shares

२ कात्तिक,काठमाडौँ । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ ।

गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताउनुभयो । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

पछिल्लो प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट कार्डलाई देशभर फैलाउन सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठको भनाइ छ । एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब रू २३ करोड सहयोग उपलब्ध गराएको छ ।

अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चारपाङ्ग्रे, दुईपाङ्ग्रेलगायत सवारी साधन चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत वितरण गरिएको विभागले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:२२ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...