Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

अलैँचीको भाउ नपाएर किसान चिन्तित



cardmonभोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताउनुभयो । केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन्् ।

अलैँचीको किनबेच असोजदेखि सुरु भएको छ तर किसानले उचित मुल्य नपाउँदा वर्षभरि मिहेनत गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको भोजपुर बोया–५ का कृषक ध्यानबहादुर तामाङले बताउनुभयो ।

भोजपुरको खावा, कोट, तिम्मा, दोभाने, बोया, किमालुङ, छिनामखु, खाटम्मालगायत ३० भन्दा बढी गाविसमा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ । घरमै बसी बसी राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि भोजपुरका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस
–––––


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा