back
CTIZAN AD

अलैँचीको भाउ नपाएर किसान चिन्तित

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.9K 

shares

cardmonभोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु ४० हजार देखि ४५ हजारमा किनबेच सुरु भएको भोजपुर खाटम्माका एक कृषक अकलबहादुर कुलुङले बताउनुभयो । केही वर्षयता अलैँचीको राम्रो मूल्य रहेपनि यस वर्ष भनेजस्तो मूल्य नपाउँदा कृषक निकै मारमा परेका हुन्् ।

अलैँचीको किनबेच असोजदेखि सुरु भएको छ तर किसानले उचित मुल्य नपाउँदा वर्षभरि मिहेनत गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको भोजपुर बोया–५ का कृषक ध्यानबहादुर तामाङले बताउनुभयो ।

भोजपुरको खावा, कोट, तिम्मा, दोभाने, बोया, किमालुङ, छिनामखु, खाटम्मालगायत ३० भन्दा बढी गाविसमा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ । घरमै बसी बसी राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि भोजपुरका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस
–––––

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:३९ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...