back
CTIZAN AD

जापानमा रहेका श्रीमानको शब नेपाल ल्याउन हार–गुहार गर्दै प्रेम कुमारी

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.1K 

shares

उमा केसी, ३ कात्तिक, रोल्पा। जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर ।

गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान् शिवराज रोकामगरको लास ल्याउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल कार्यान्वयन हुन नसके पछि डेढ वर्षकी नाबालिका छोरीलाई काखीमा च्यापेर लास नेपाल ल्याउन आग्रह गर्दै हिँडिरहेकी छिन् उनी ।

२०७१ साल माघमा विद्यार्थी भिसाबाट जापान पुगेका रोकामगर गत असोज २ गते राति आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । रोका जापानको फुकुसिमा कलेजमा अध्ययन गरिरहेका थिए ।

विपन्न परिवारका रोका जापान जाँदा रु १६ लाख ऋण गरेर गएको उनको परिवारले जनाएको छ । हाल जापानस्थित एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिर्ने गरी लास राखिएको मृतककी श्रीमती घर्तीले बताउनु भयो । लास नेपाल ल्याउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको भए पनि परराष्ट्रले खासै चासो नदेखाएको घर्तीले बताउनुभयो ।

विद्यार्थी भिसामा विदेश गएकालाई कुनै प्रकारको सहयोग गर्न नसकिने परराष्ट्र मन्त्रालयले जवाफ दिँदा झन् पीडा थपिदिएको श्रीमती घर्तीको दुखेसो छ । बेवारिसे वनेको लास ल्याउन केन्द्रीय स्तरका नेतालाई पनि हारगुहार ग¥याँै, कसैले सुनेनन्, घर्तीले अगाडि थप्नुभयो ।

मृत्यु हुनु अघिल्लो दिन दाईसँग घरायसी कुराकानी समेत भएको मृतककी बहिनी राजकुमारी रोकाले बताउनुभयो । उहाँले दाईको लास यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाइदिन देश–विदेशमा रहेका नेपालीसँग आग्रह गर्नुभयो ।

मृत्यु भएपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता रहेको हँुदा राज्यले लास ल्याउन पहल गर्नुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ ।

यसबारेमा बु¤दा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस समस्याको अन्तिम निकास परराष्ट्र मन्त्रालयमार्फत नै हुने भएकाले आफूले मृतकका परिवारलाई त्यहाँ गएर प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:४३ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...