back
CTIZAN AD

ऐतिहासिक धरोहर स्थापित गर्नु महत्वपूर्ण जिम्मेवारी : मुख्यमन्त्री पोखरेल

वि.सं.२०७५ असोज १ सोमवार

1.1K 

shares

१ असोज, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्धसँग सम्बन्धित ऐतिहासिक धरोहर र गौरवलाई उत्खनन, संरक्षण र स्थापित गर्नका लागि प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताएको छ ।

उनले लुम्बिनी प्रदेश नं ५ को समृद्धिको आधार रहेको बताउँदै लुम्बिनीलाई जनताको सामाजिक जीवनसँग जोड्न सकेमात्र सम्पदालाई जीवन्त राख्न स्थानीय जनताको जीवनसँग जोडिनु आवश्यक रहेको छ ।

मुख्यमन्त्री पोखरेलले आज बुटवलमा पद्म चैत्य विहारको साधारणसभा तथा अधिवेशन र बौद्ध महिला सङ्घको रजत महोत्सव समारोहमा हरेक सम्पदालाई बचाएर राख्नु आवश्यक रहेको बताउँदै समाजसँग जोड्न नसकिए हराएर जाने भएकाले त्यसतर्फ ध्यान जानु जरुरी रहेको बताए ।

उनले पद्म चैत्य विहारको इतिहास सम्पदाको रुपमा स्थापित भएको बताउँदै बुटवल बजार स्थापित हुनु पर्व नै यो विहार स्थापना भएको हुनाले बुटवलको इतिहासको आधार नै यो विहार हो भने । बुटवल–१ मा रहेको यो चैत्य विहार १०४ वर्ष पुरानो रहको इतिहास छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु डा मैत्री महास्थवीरले लुम्बिनीमा रहेका बौद्ध गुम्बाहरुले लुम्बिनीको विकासमा पर्याप्त उपलब्धि हुन नसकेको बताए । उनले बुद्ध धर्म कायम गर्न, शान्तिको चाहनाका लागि सबै एकताबद्ध हुनु आवश्यक रहेको बताए ।

उनले लुम्बिनीमा आउने धर्मावलम्बीबाट शुल्क उठाउने कार्य बन्द गर्न मागसमेत गरे । कार्यक्रममा सङ्घीय संसदका सदस्य सुजिता शाक्यले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहको र यसको विकासले नै देशलाई समृद्ध बनाउन सकिने बताए ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बौद्ध महिला सङ्घकी अध्यक्ष मायादेवी शाक्यलगायतले बोलेको थियो । त्यस अवसरमा बौद्ध महिला सङ्घले रजतजयन्ती अवसरमा प्रकाशित पद्मभूमि स्मारिकासमेत विमोचन गरिएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार ११:३८ मा प्रकाशित

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...