back
CTIZAN AD

विद्युतीय गाडी उत्पादन  गर्दै कतार कतार

वि.सं.२०७५ असोज २ मंगलवार

666 

shares

१ असोज, दोहा । सिन्ह्वा  कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ ।

कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ ।

यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका “कतार ट्रिवुन”ले जनाएको छ ।

उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिनु भएको छ । नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ ।

अध्यक्ष अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उहाँको भनाई छ ।

विद्युतीय सवारी साधन उत्पादनका लागि छ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उहाँले जानकारी दिनुभयो ।  पछिल्ला बर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायतका विश्वभर आकर्षण बढेको देखिएको छ ।

वि.सं.२०७५ असोज २ मंगलवार १२:५७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...