back
CTIZAN AD

पोर्चुगलमा उठ्यो निर्मलाका लागि न्यायको आवाज

वि.सं.२०७५ असोज ४ बिहीवार

657 

shares

पोर्तुगलमा रहेका नेपाली महिलाहरुले निर्मलाको न्यायको लागि आवाज उठाउँदै निधारमा कालो पट्टी बाँधेर तिज मनाएका छन् ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनीहरुले हरितालिका तिजको अवसरमा निधारमा कालोपट्टी बाँधेर सांकेतिक विरोध जनाएका हुन् ।
नारी समाज पोर्चुगलको आयोजनामा लिस्बनस्थित मार्तिमुनिजको खुलापार्कमा आयोजित उक्त तिज कार्यक्रममा नेपालमा महिलामाथि भइरहेको हत्या हिंसा, बलात्कार, अपहरण तथा निर्मला पन्तको बलात्कारपछि हत्यालगायतका घटनाहरुलाई चर्चित लोकदोहोरी गायक मिलन लामा लगायतका कलाकारहले गीतमार्फत् उठान गरेका थिए ।

८३ वर्षीया बृद्धा अभिभावक मनरुपा कंडेलको प्रमुख आतिथ्यता, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य नरेन्द्र हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्की लगायतको सहभागितामा सम्पन्न गरिएको उक्त कार्यक्रममा नारी समाजकी अध्यक्ष सीता बरालले निर्मलाको न्यायका लागि न्याय माग्दै यसपटकको तिज फरक ढंगले मनाएको बताइन् ।

 

https://sansarnews.com/archives/121760

वि.सं.२०७५ असोज ४ बिहीवार १३:०६ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...