back
CTIZAN AD

फ्रान्सका नेपालीले निर्मलाको लागि न्याय माग्ने

वि.सं.२०७५ असोज ४ बिहीवार

606 

shares

 

फ्रान्समा रहेका नेपालीले JUSTICE FOR NIRMALA     भन्ने नाराका साथ निर्मलाको लागि न्याय माग्ने भएका छन् ।
आउदो २३ सेप्टेम्बरका दिन उनीहरुले कालो पोशाक लगाएर (Qmalingrad Parc)  स्तालिन ग्राद पार्कमा विरोध कार्यक्रम गर्ने भएका छन् ।
त्यस्तै कार्यक्रममा सहभागी हुन चाहाने महानुभावहरुले सकेसम्म कालो टि शर्ट या कालो पोशाक लगाउनका लागि अनुरोध गरिएको छ ।

२३ सेप्टेम्बरका दिन दिउसो ३ः३० देखि ४ बजेसम्म गरिने उक्त विरोध कार्यक्रममा शान्तिपुर्ण तरिकाले सामुहिक रुपमा मैनबत्ती जलाउने र महिलाहरुमाथि भइरहेको हिँसा हत्या बलात्कार जस्ता जघन्य अपराध बारे कविता, कथा, नाटक या कुनै माध्यममार्फत रचनात्मक तथा सृजनात्मक बिरोधका कार्यक्रम हुनेछन् । साथै त्यहाँ आँफूलाई मन लागेका केहि सन्देशहरु खाली सेतो कागजमा लेखेर ल्याउन सकिने पनि बताइएको छ ।

कार्यक्रममा कुनै पनि राजनीतिक पार्टी या कुनै पनि संघसंस्थाको कुनैपनि गतिबिधिहरुको कुरा नहुने र कार्यक्रम फ्रान्समा रहने सबै सचेत नागरिकको आयोजनामा हुन लागेको बताइएको छ ।
त्यस्तै यो कदम, कुनै संघ संस्थाको नभई, सचेत नागरिक भएको नाताले, अन्यायमा परेर ज्यांन गुमाएकी चेलीले न्याय पाउनु पर्छ भन्ने रहेको बताउँदै कार्यक्रम कसैको विरोधमा नभएको हुनाले आफ्ना वरिपरी भएका नेपाली दीदी बहिनी, दाजु भाई सबैलाई खबर पु¥याउन अनुरोध समेत गरिएको छ ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको हत्या भएको २ महिना बित्न लाग्दा पनि अपराधिहरु पक्राउ पर्न नसकेको भन्दै देश तथा विदेशमा निर्मलाको न्यायका लागि स्वतस्फूर्त रुपमा आवाजहरु उठिरहेका छन् ।

https://sansarnews.com/archives/121629

 

वि.सं.२०७५ असोज ४ बिहीवार १२:३७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...