back
CTIZAN AD

भुसालको हत्या आरोपमा पक्राउ परेका बाबुछोरा सार्वजनिक

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.1K 

shares

४ कात्तिक, अर्घाखाँची । यस जिल्लाको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा सार्वजनिक गरिएको हो ।

प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा लिइएको र अहिले अनुसन्धान भइरहेको बताउनुभयो ।

अनुसन्धानका क्रममा गणेशले कल्पनाको हत्या गरी झिम्रुक नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेको प्रनाउ पौडेलले बताउनुभयो ।

धनचौर–५ की २४ वर्षीया कल्पना असोज १८ गते देउरालीस्थित रुद्र किरना पसलबाट दशैंका लागि सामान लिइ घरतर्फ आउँदै गर्दा बाटोबाटै हराएकी थिइन् । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:२६ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...