back
CTIZAN AD

महिला क्रिकेट टोलीलाई जनही रु पच्चीस हजार दिइने

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1.3K 

shares

४ कात्तिक, काठमाडौँ । हङ्कङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो ।

उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गर्नुभयो ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।

उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:२९ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...