back
CTIZAN AD

सेशेल्समा एनसिसि गठन

वि.सं.२०७५ असोज ४ बिहीवार

654 

shares

अफ़्रिकि मुलुक सेशेल्समा गैरआवासीय नेपाली संघको ७९ औ एनसिसिको रुपमा एनसिसि  गठन भएको छ ।

गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरुको एक भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन् ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनोज बि.क र किशोर कुमार महर्जन, महासचिव कम्मान सिंह खत्री, सचिब बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता एकराज सुवेदी महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहेका छन्।

त्यसैगरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू र बिष्णु चयन भएका छन । संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेशेल्स अफ्रिका क्षेत्रको १७ औ राष्ट्रिय समन्वय परिषद् र गैरआवासीय नेपाली संघको ७९ औ राष्ट्रिय समन्वय परिषद बनेको छ ।

सेसेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकियस्थल मध्ये एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन् ।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:०४ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...