back
CTIZAN AD

लङआइल्याण्डमा संविधान दिवस मनायो

वि.सं.२०७५ असोज ४ बिहीवार

726 

shares

सोमनाथ हुँमागाई

लङआइल्याण्ड । सेक्टेम्बर १९ मा न्यूयोर्क राज्यको लङआइल्याण्डका स्थानीय समाजसेवी अर्जुनप्रसाद मैनालीको पहल तथा लङआइल्याण्ड नेपाली समाजको आयोजनामा असोज ३ गते एक कार्यक्रम गरी नेपालको संविधान दिवस मनाइयो ।

लामो संघर्षपछि नेपालले संविधान प्राप्त गरेको असोज ३ गतेलाई उपस्थित नेपाली सकुदायले संविधान दिवस (राष्ट्रिय दिवस) को रूपमा मनाउँदै एकआपसमा खुशि साटेर शुभकामना आदान प्रदान गरेका थिए ।

लङआइल्याण्ड नेपाली समाजका महासचिव राजन गौलीको निबास हिक्सभिलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष टिकाराज ढकाल, एन आरएन न्युयोर्क च्याप्टरका महासचिव महेश खड्का, नेपाली जनसम्पर्क समिति लङआइल्याण्ड च्याप्टरका सभापति बिश्व राज वास्तोला, उपसभापति बिनोद थापा , समाजका सचिव संखनारायन प्रजापति, सदस्य सोभा पोखरेल श्रेष्ठ, जनसम्पर्क समिति अमेरिकाका सकृय सदस्य सुरेन सापकोटा लगायत स्थानीयबासी रविन संग्रौला, केदार कट्टेल, आसिका दाहाल, तारा मैनाली, सबु सापकोटा, लक्ष्मी बांस्तोला लगायतको उपस्थिति रहेको थियो।

वि.सं.२०७५ असोज ४ बिहीवार २०:१६ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...